१४ औँ कपिलवस्तु महोत्सवका लागि उद्योग व्यापार संघ कपिलवस्तुले दियाे निम्तो

कपिलवस्तु ।

अहिले १३ औँ कपिलवस्तु महोत्सव सञ्चालनमा भैरहेको बेला १४ ओै महाेत्सवकाे चर्चा सुरू भएकाे छ । कपिलवस्तु उद्योग वाणिज्य संघले १२ औँ सम्पन्न गरी १३ औँ महोत्सवको आयोजना गरी रहदाँ १४ औँ कपिलवस्तु महोत्सवका लागि उद्योग व्यापार संघ कपिलवस्तुले १३ औँ कपिलवस्तु महोत्सव स्थल मै निमन्त्रण गरेको छ ।

१३ औँ कपिलवस्तु महोत्सव परिसरमा रहेका व्यापारीहरुलाई १४ औँ कपिलवस्तु महोत्सवको निमन्त्रण दिइएको उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताएका छन् ।

१३ औँ कपिलवस्तु महोत्सवमा रहेका व्यापारी सगँ १४ औँ कपिलवस्तु महोत्सव कस्तो हुनुपर्छ, के के सुधार हुनुपर्छ भन्ने कुराको राय सुझाव समेत व्यापार संघले मागेको छ ।

व्यपारीहरुले भने महोत्सव आयोजनाको समय ठिक समयमा रहेको सुझाब, सल्लाह दिइएको संघले जनाएको छ ।

राष्ट्रिय स्वाधिन्ताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकीकरण र व्यापार विविधीकरण भन्ने मुला नाराका साथ १४ औँ कपिलवस्तु महोत्सव २०८० मंसिर ८ गते देखि १९ गते सम्म सञ्चालन हुने कपिलवस्तु व्यापार संघले जनाएको छ ।

१४ औँ कपिलवस्तु महोत्सव कपिलवस्तु जिल्ला सहित राष्ट्रकै उत्कृष्ट महोत्सव बनाउन उद्योग व्यापार संघले रायसुझाब संकलन गर्ने कार्य अगाडी बढाएको हाे । उद्योग व्यापार संघ कपिलवस्तुको पुस ३ गते हुमनाथ पौडेलको अध्यक्षतामा बसेको नैवौँ बैठकले १४ औँ कपिलवस्तु महोत्सव आफुहरुले आयोजना गर्ने निर्णय गरे अनुसार आफुहरु तयारीमा जुटेको जनाएका छन् ।

१४ औँ कपिलवस्तु महोत्सव सफल बनाउनका लागि सबै संघसंस्थालाई हातेमालो गर्न समेत संघले अनुरोध गरेको छ ।

यद्यपी १३ औँ महोत्सव सञ्चालन गरि रहेको कपिलवस्तु उद्योग वाणिज्य संघले यसबारे आफुहरु जानकार नरहेको जनाएको छ । हालसम्म कपिलवस्तु महाेत्सवकाे आयाेजना उद्योग वाणिज्य संघ र वेयलफेयर साेसाइटीले आलाेपालाे आयाेजना गर्दै आएका छन् ।

प्रतिक्रिया

खबर सबै