

कपिलवस्तुबाट यशोधराका सबैभन्दा धेरै उजुरी अख्तियारमा





कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कपिलवस्तु जिल्लाबाट सबैभन्दा धेरै उजुरी यशोधरा गाउँपालिकाबाट पर्ने गरेको पाइएको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये धेरै उजुरी पर्ने स्थानीय तह यशोधरा गाउँपालिका रहेको पाइएको हो । यस्तै सबैभन्दा कम उजुरी पर्ने स्थानीय तहमा शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिका छन् ।
गत आर्थिक वर्ष र यो आर्थिक वर्षको उजुरीका आधारमा यशोधरा गाउँपालिकाको १२ उजुरी परेको छ भने शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिकाको एकरएकवटा मात्र उजुरी परेको आयोगको कार्यालय बुटवले जनाएको छ। शुद्धोधनमा आयोजित भष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहसँगको अन्तत्र्रिmया कार्यक्रममा आयोगले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। त्यस्तै दोस्रोमा कृष्णनगर नगरपालिकाको ११ वटा उजुरी परेको छ। महाराजगञ्ज नगरपालिकाको आठ, विजयनगर गाउँपालिकाको सात, वाणगगा नगरपालिकाको छवटा उजुरी परेको छ।
बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकाको पाँचरपाँचवटा उजुरी परेको छ। शिवराज नगरपालिकाको दुईवटा उजुरी परेको छ। स्थानीय तहमा विकास निर्माण, शिक्षा, स्वास्थ्यजस्ता काममा धेरै उजुरी पर्ने गरेको आयोगका सिनियर डिभिजनल अधिकृत जयराम श्रेष्ठले बताउनुभयो।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया