

कपिलवस्तु महोत्सव : २ सय बढी माटोको नमूना परीक्षण





कपिलवस्तु । माघ १७ गते जारी १३ औँ कपिलवस्तु महोत्सवमा कृषकहरुको सुविधाका लागि राखिएको माटो परीक्षण स्टलबाट नगरपालिका भित्रका कृषकहरुले आफ्नो खेतियोग्य जमिनको माटो परिक्षण गराएको छ ।
बाणगंगा नगरपालिकाको कृषि शाखाले महोत्सव परिसरमा राखेको निःशुल्क माटो परिक्षणबाट कुल २ सय १ माटोको नमूना परीक्षण गरिएको नगरपालिकाका कृषि विकास शाखा प्रमूख लेसबहादुर के.सीले जानकारी दिनुभयो । गत मंगलबार देखि आज सम्म गरिएको माटोको नमूना परीक्षणबाट बाणगंगाका सबैजसो वडाको खेतियोग्य जमिनको माटोको उर्वरा शक्ति राम्रो रहेको पाइएको उहाँको भनाई छ । विशेष गरी यहाँको माटोमा क्षरीय अवस्था बढ्दै गएको र कृषकहरुले प्राङ्गारिक मलको प्रयोगमा अझै बढी जोड दिन सके उत्पादन पनि राम्रो लिन सकिने पाइएको केसीले बताउनुभयो ।
नगरपालिकाले माटोको परिक्षणका लागि बाँकेको खजुराबाट बिशेषज्ञलाई बोलाएको थियो । किसानले दिएको माटोलाई बिशेषज्ञले परिक्षण गर्ने व्यवस्था महोत्सवमा गरिएको थियो । माटो परिक्षण पश्चात माटोको अवस्था र माटो सुधारको उपायसंगै माटो परिक्षणको रिपोर्ट तत्काल किसानलाई दिने व्यवस्था नगरको कृषि शाखाले मिलाएको थियो ।
लुम्बिनी प्रदेश भित्र माटो तथा मल परिक्षण गर्ने प्रयोगशाला बाँकेमा छ । जसअनुसार प्रदेशका १२ वटै जिल्लाका किसानहरु त्यहाँसम्म पुग्न सकिरहेका छैनन् । बाँकेबाट मात्र माटो तथा मलको परिक्षण हुने गरेकोमा यस पटक कपिलवस्तु महोत्सव स्थलमै माटो परीक्षणको सुविधा प्रदान गरिदा कृषकहरुले यसको फाइदा लिन पाएका हुन । बाणगंगा– ९ जिनुवाबाट महोत्सव अवलोकनका लागि आएकी गीता भुसालले माटो परिक्षण शिविर तथा कृषि प्रर्दशनी सराहनीय रहेको बताइन् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार












प्रतिक्रिया