
पुरानै गठबन्धनतिर ढल्कँदै प्रचण्ड

काठमाडौं
एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ। पूर्वसहमतिअनुसार कांग्रेस सरकारको नेतृत्व दिन तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।
दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिनाबीचमा सत्ता साझेदार दलहरूको एकपछि अर्को दबाबका कारण माओवादी केन्द्रका नेता कांग्रेससहितको पुरानो गठबन्धनलाई निरन्तरता दिने कसरतमा जुटेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि सत्ता साझेदार दलमा बढ्दै गएको असन्तुष्टि र प्रधानमन्त्रीमाथि निरन्तरको दबाबले माओवादी केन्द्र अहिलेको गठबन्धनको विकल्प खोज्नेसम्मको अवस्थामा पुगेको निकट स्रोतको दाबी छ।
सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपाठ नआउँदै लामिछानेलाई फेरि उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिन एमालेसहितका दलहरूबाट निरन्तर दबाब आउनु ठिक नभएको प्रधानमन्त्री दाहालनिकट एक नेताले बताए। ‘गठबन्धन जोगाउने नाममा जुनसुकै सम्झौता र दबाब मान्नुपर्छ भन्ने छैन,’ ती नेताले भने, ‘रवि लामिछानेलाई मात्र होइन, उनको पार्टीलाई पनि गृह मन्त्रालय अब दिन सकिँदैन।’ यो समाचार नागरिक दैनिकमा छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया