
१३ औँ कपिलवस्तु महोत्सव: शनिबार थामिनसक्नु दर्शकले भरियो

कपिलवस्तु ।
माघ १७ गते देखि सुरु भएको १३औँ कपिलवस्तु महोत्सवमा शनिबार आज सबैभन्दा बढी दर्शकहरुको उपस्थिति भएको छ । चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा जारी महोत्सवमा आज उल्लेख्य दर्शकहरुले अवलोकन गरेका हुन ।
यस्तै महोत्सवको शनिबार पाँचौं दिन चर्चित बाल गायिका कमला घिमिरे, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, लोक दोहोरी गायक बसन्त लम्सालसहित स्थानीय कलाकारको बेजोड रहेको महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए । महोत्सवमा शुक्रबार देखि सिङ्गिङ्ग आइडलको शुभारम्भ गरिएको छ भने ११ औं कपिलवस्तु डान्स आइडलमा प्रतिस्पर्धीले प्रस्तुति देखाइरहेका छन् । माघ २९ गतेसम्म चल्ने महोत्सवमा रोटे पिङ, झुँला, मौतकाकुवा, ब्रेक डान्स लगायतका मनोरन्जन सामग्री समेत राखिएका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले हाल सम्म आईपुग्दा आयोजकले अपेक्षा गरे अनुसार विभिन्न उप समितिहरुका जिम्मेवारी, यहाँका सरोकारवालाहरु, दर्शकहरुको उपस्थितीमा अत्यन्तै सन्तोषजनक अवस्था रहेकाले अपेक्षा गरे अनुसारको उपलब्धि हुनेमा आयोजक ढुक्क रहेको बताएका छन् ।
यस्तै महोत्सव मूल आयोजक समितिका निर्देशक छवि रेश्मीमगरले यस ऐतिहकासिक महोत्सवमा २ लाख ५० दर्शकले अवलोकन गर्ने र करिव ७ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा रहेको बताए । उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण सावित हुने विश्वास पनि व्यक्त गरेका छन् ।
यस्तै अनुगमन तथा मुल्यांकन समितिका संयोजक रुक बहादुर भुसालले १३ औँ कपिलवस्तु महोत्सव सफलता उन्मुख रहेको बताए । उनले महोत्सव सफल पार्न विषयगत समितिहरुका संयोजकहरु २४ सै घण्टा खटेर आफ्नो जिम्मेवारी पुरा गरेको बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया