

पाल्पामा ट्याक्टरको ठक्करबाट आमाछोराको मृत्यु



पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मीना थापा मिधुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले बताए । प्रहरीका अनुसार मृतक आमा छोरा हुन् ।
तानसेन–चापपानी–दर्लमडाँडा–राम्दी सडक अन्तर्गत भित्री सडकम बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । तानसेनदेखि खानीगाउँ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरी उपरीक्षक शाहीले बताए ।
ट्याक्टरको ठक्कबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । टेक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया