

कपिलवस्तु महोत्सवको तेस्रो दिन दर्शकको उत्कृष्ट साथ,





कपिलवस्तु ।
१३ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन दर्शकको उत्कृष्ट साथ रहेको छ , तेस्रो दिन ५ हजार दर्शकले अवलोकन गरेका छन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको हो ।
विहिबार ५ हजार दर्शकले अवलोकन गरेको जानकारी दिदैं महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले साढे ३ लाखको आर्थिक कारोबार भएको बताए । आज आधुनिक तथा पप गायक कमल खत्री, लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर र सम्झना रणपालले दर्शकलाई नचाएका हुन् ।
क्रमिक रुपमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको संयोजक घिमिरेले बताए । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाई छ । कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले शुक्रबार लोक तथा दोहोरी गायक प्रकाश सपुत लगायतको बेजोड प्रस्तुति रहने बताए ।
डान्स आईडल संयोजक विरेन्द्र खाँणले विहिबार १४ जना प्रतिस्पर्धीले प्रस्तुति राखेको बताए । बुधबार २० जना जना प्रतिस्पर्धीले प्रस्तुति राखेका थिए । संयोजक खाँणका अनुसार आज ४ जना प्रतिस्पर्धी प्रतियोगिताबाट बाहिरिका छन् भने २ जना अनुपस्थित रहे । शुक्रबार पनि डान्स आईडलबाट थप प्रतिस्पर्धी बाहिरिने छन् ।
कपिलवस्तु महोत्सवको चौथो दिन ( माघ २०) शुक्रबारबाट गायन आईडल समेत सुरु हुने भएको छ । १३ औँ कपिलवस्तु महोत्सवले पहिलो कपिलवस्तु सिङ्गिग आईडल पाउने पक्का भएको छ ।
माघ १७ गतेदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया