

बुद्धभूमिको फुलकली मा.वि का २ सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण





जितपुर । कपिलवस्तुको बुद्धभुमी नगरपालिका ७ विषनपुर देरवामा रहेको फुलकली मा.वि का वालविकास देखि कक्षा ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका विच कार्की परिवारबाट न्यानो कपडा हस्तान्तरण गरेका छन् ।
सोही वडामा संचालित सरस्वती ईटा उद्योग प्रा.लि तथा कार्की एण्ड सन्स जितपुरका संचालक बाणगंगा ५ झण्डाका कृष्ण कार्की ,दिपक कार्की , अनिता कार्की, भरत कार्की तथा ईटा उद्योगका संचालक सुरेन्द्र यादव, तिलक गिरी लगाएको समुहले विद्यालयमा अध्ययनरत २ सय १६ जना विद्यार्थीहरुलाई स्विटर, टोपी, जुत्ता, मोजा, वितरण गरेका हुन् ।
उक्त सामुदायिक विद्यालयमा अध्यनरत स–साना वालवालिका जाडोको समयमा कठ्याङ्गरिदै खाली खुट्टा विद्यालय पुगेको देखेपछी केही गर्नुपर्छ भन्ने सोचेर उनिहरुका लागि सानो सहयोग गरेको संचालक भरत कार्कीले बताए । यसले विद्यार्थीको स्वास्थ्यका साथै संवेगात्मक भावनालाई समेत टेवा पु¥याउने विश्वास लिएको कृष्ण कार्कीको भनाई छ । सहयोग प्रति विद्यालयका पुर्व शिक्षक जगदिश तिवारीले धन्यबाद व्यक्त गरेका थिए ।
कार्की परिवारले यस अगाडी बाणगंगा ५ झण्डामा रहेको श्री मा.वि झण्डामा १२ थान कम्युटर सहयोग गरि विद्यार्थीको प्राविधिक ज्ञानशिप बढाउन टेवा पु¥याएको थियो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया