

बाजुरामा भूकम्पका कारण चारवटा घर भत्किए, थप विवरण संकलन हुँदै





काठमाण्डौ । बाजुरामा भूकम्पका कारण चारवटा घर भत्किएका छन् । दिउँसो गएको भूकम्पका कारण बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
मानवीय क्षतिको जानकारी भने अहिलेसम्म आएको छैन । थप विवरण संकलन भैरहेको डिएसपी थापाले बताउनुभयो ।
दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु बनाएर पाँच दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।
भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया