जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा “टाइम कार्ड” लागु

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवा प्रवाहमा सहजता ल्याउन आज देखि टाइम कार्डा लागू गरिएको जनाएको छ । कार्यालयले माघ ६ गते एक सूचना जारी गर्दे माघ ९ गतेदेखि लागू हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको जनाएको हो ।

टाइम कार्ड लागु गरेपछि सेवाग्राहीलाई दिने सेवा प्रवाहमा सरल र सहज बनाउन सकिने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार कार्यालयबाट प्रवाह हुने सेवामा गुणस्तरीयता कायम गर्नको लागि टाइम कार्ड लागू गरिएको हो । सेवालाई थप प्रभावकारी व्यवस्थित र अनुमान योग्य बनाई सेवाग्राहीलाई यथासिघ्र सेवा गर्न टाइम कार्ड लागू गरिएको उनले बताए ।

उनले कार्यालयले फाँट अनुसार टाइम कार्ड लागू गरिएको र सोही अनुरुप जनतालाई सेवा प्रवाह गर्ने जानकारी दिए । टाइम कार्ड लागू भएसँगै सेवाग्राहीको सेवा सुनिश्चित हुने उनको विश्वास छ ।

नागरिकता बनाउन प्रशासनमा पुग्ने सेवाग्राहीले अब मध्यान्ह १२ बजे निवेदन पेश हुन आएमा दिउसो १ बजे भित्र र १२ बजे देखि ३ बजे सम्म पेश भएका निवेदकलाई ४ बजे सम्मको समय दिइएको छ ।

यस्तै नागरिकताको प्रतिलिपिका लागि प्रमाण पु¥याई पेश हुन आएका सेवाग्राहीलाई एक घण्टा भित्र दिइने भनिएको छ ।

गर्भवती महिला, अपाङ्गता भएका नागरिक र जेयष्ठ नागरिकहरुले पालो कुर्नु नपर्ने,त्यस्ता व्यक्तिहरुलाई सोझै फाँटका कर्मचारीहरुसँग सम्पर्क गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै