

चीनद्वारा केरुङ नाका बन्द



काठमाडौँ
नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ ।
गोरखापत्र दैनिकका अनुसार शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प गरेको हो ।
कोभिडका कारण तीन वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन । गत १२ पुसदेखि नाका खुला भएको थियो। कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द थियो। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनले नयाँ वर्ष र ल्होछार पर्वका लागि भनेर आगामी फेब्रुअरी ५ सम्म नाका बन्द गरेको छ ।
नाका खुलेको एक महिनामा नेपालबाट करिब छ करोड रुपियाँ बराबरका ३९ कन्टेनर सामान चीन निर्यात भएको कार्यालयले जनाएको छ। नेपालबाट जसमा बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान रहेको भन्सार कार्यालयले जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया