

बाणगंगा ७ मा देउसी भैलोको रकमले सिसिटिभी क्यामेरा जडान





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा एक युवा क्लवले देउसी भैलोबाट उठेको रकमले आफ्नो वडामा सिसिटिभी क्यामेरा जडान गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित मोतिपुर प्रगतिशिल युवा क्लवले देउसी भैलो २०७९ को संकलित रकमबाट मोतिपुरमा क्यामेरा जडान गरिएको जनाएको हो ।
मोतिपुर प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा शनिबार बिहान आयोजित एक कार्यक्रमबा बीच उक्त सिसिटिभी क्यामेराको उद्घाटन समेत गरिएको छ । फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीको प्रमूख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षक दिपकबाबु के.सी, वडा नम्बर ७ का वडा सदस्य हरिशंकर पौडेल, मोतिपुर खानेपानि संस्थाका अध्यक्ष शेषकान्त बेल्वासे लगाएतको आतिथ्यता रहेको थियो ।
क्लवले देउसी भैलोको रकम आफ्नो वडाको मुख्य स्थलको चौबिसै घण्टा निगरानी गर्ने उद्देश्यले क्यामेरा जडान गरेको जनाएको छ । मोतिपुर स्थित जन ज्योति मावि को अगाडी, हाटबजार प्रवेश स्थलसहित तीन स्थानमा ६ थान क्यामेरा जडान गरिएको क्लवका अध्यक्ष न्यौपानेले बताए । देउसी भैलोको रकम मनोरञ्जनका क्षेत्रमा खर्च गर्नुको साटो सामाजिक उत्थान र विकासका क्षेत्रमा पनि लगानी गर्न सके त्यसको प्रतिफल पनि राम्रो हुने उनले बताए । प्रगतिशिल युवा क्लवले सामाजिक क्षेत्रमा रचनात्मक कामहरु गर्दै आएको भन्दै उनले सिसिटिभी क्यामेरा जडानले यस क्षेत्रमा हुने दुर्घटना, चोरी जस्ता आपाराधिक गतिविधिमा निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा क्लवका उपाध्यक्ष विनोद थापा मगरको स्वागत र सह सचिव सन्दिप थारुको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार












प्रतिक्रिया