

१३ औं कपिलवस्तु महोत्सव : तयारी ७० प्रतिशत पुरा





ईसाझाकुरा संवाददाता
१३ औं कपिलवस्तु महोत्सवको तयारी करिब ७० प्रतिशत पुरा भएको छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । महोत्सवको करिब ७० प्रतिशत काम भईसकेको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए । विभिन्न समिति, उपसमितिमार्फत महोत्सवको तयारी तीब्र भईरहेको बताउँदै उनले भने, ‘फिल्डमा देखिने गरि ७० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । कम्पाण्ड निर्माणको काम भईसक्यो ।’
महोत्सवमा २ लाख दर्शन भित्राउँदै करिब ५ देखि ७ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
स्टल, मञ्च र सचिवालय निर्माणको काम अन्तिम चरणमा रहेको उनले बताए । महोत्सवको प्रवेश गेट निर्माणको काम धमाधम भईरहेको र निर्धारित मितिमै उद्घाटन गर्ने गरि काम सम्पन्न गर्ने उनले दाबी गरे ।
विगतका बर्षहरुमा कपिलवस्तु महोत्सव अन्य क्षेत्रका महोत्सव भन्दा फरक रहदैं आएको बताउँदै उनले भने, ‘यस अघिको महोत्सव पृथक बनाउने प्रयास गर्दा कोरोनाले प्रभावित बनायो । अहिले पनि केही न केही प्रभाव रहेकै छ ।’
कोरोनाका कारण समस्यामा परेको आर्थिक क्षेत्र, उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनको भनाई छ ।
‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुग्ने छ,’ उनले भने, ‘उद्योग, व्यवसायको प्रवद्र्धन गर्दै उद्योगी व्यवसायीलाई केही राहत दिलाउने उद्देश्य छ ।
महोत्सवमा यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै कपिलवस्तुको व्यवसायलाई प्रतिबिम्बित गरिने उनले बताए । उनले हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनी समेत हुने बताए ।
विगतका महोत्सवमा रहदै आएका विभिन्न खानाका परिकार, बालउद्यान जस्ता गतिविधिलाई निरन्तरता दिने उनले बताए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहदै आएको कपिलवस्तु डान्स आईडललाई निरन्तरता दिने अथवा अन्य आईडल गर्ने भन्ने बारे छलफल भईरहेको उनले बताए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ १३ औं कपिलवस्तु महोत्सव बाणगंगा ४ मा रहेको बुद्धरंगशालामा हुदैं छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया