

भलवाड स्थित कोइलीचौर सामुदायिक वनको अध्यक्षमा भुषाल चयन





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोइलीचौर साना किसान सामुदायिक वनको अध्यक्षमा कुन्तामणी भुषाल चयन निर्वाचित भएका छन् ।
वनको पुष पहिलो साता साधारणसभा सकिएको भए पनि अधिवेशनबाट समितिले पूर्णता पएको थिएन । साबिक भलवाड गाबिस अन्तरगत २ वटा वडा –भर्तापुर र भर्लाबास) का उपभोक्ता सदस्यहरु आबद्ध रहेको कोइलीचौर साना किसान सामुदायिक वनले अधिवेशनबाट समितिले पूर्णता नपाएपछि एक निर्वाचन मण्डल गठन गरेको थियो । आज शुक्रबार बसेको निर्वाचन समितिको बैठकले भुषाललाई अध्यक्षमा चयन गरेको हो भने बरिष्ठ उपाध्यक्षमा देबबहादुर श्रीस, उपाध्यक्षमा खिमा पुरी, सचिवमा शुस्मा थापा, सह सचिवमा देवकला खनाल र कोषाध्यक्षमा माधुरी गिरी चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा क्रमशः हरिबहादुर खनाल, माया गिरी, बल बहादुर थापा, छविलाल भुषाल, तेजबहादुर बुढा, शान्ता कुवँर, मन्जु पछाई, चमारी थारु र रतन गिरी चयन भएको वनका नव निर्वाचित अध्यक्ष कुन्तामणी भुषालले जानकारी दिएका छन् । उनका अनुसार वनको लेखा समिति सहित अनुगमन समिति, अगुवा लगाएत चयन हुन अझै बाकीँ छ ।
आज भुषालको अध्यक्षतामा १५ सदस्यीय वन कार्यसमितिलाई पूर्णता दिइएको हो । कोइलीचौर साना किसान सामुदायिक वन कपिलवस्तुमा सबैभन्दा पुरानो सामुदायिक वन हो । अध्यक्षको जिम्मेवारी पाएपछि भुषालले अब आफ्नो कार्यकालमा सामुदायिक वनको विकासमा उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनी यस अघिको कार्यकालमा सोही वनको कोषाध्यक्ष थिए ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया