

सुनको भाउ ताेलाकाे एक लाख पाँच हजार रुपैयाँ नाघ्याे



काठमाण्डाै
सुनको भाउ बढेर तोलाकाे एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको भाउ आज शुक्रवार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुनको भाउ तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो ।
यसअघि पोहोर फागुन २५ गते सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो । त्यति बेला सुनकाे भाउ बढेर तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता भाउ घट्न थाले पनि फेरि सुनको भाउ बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि सुन महँगो भएको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया