

अब सीडीओ बन्न कार्यसम्पादन ९० प्रतिशत अंक ल्याउनै पर्ने





काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको हुनुपर्ने छ ।
मापदण्डअनुसार आइन्दा कार्यसम्पादनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन पाउने छैन । यसअघि पहुँच र भनसुनका आधारमा जोसुकै कर्मचारी ‘सीडीओ’ बन्ने अवस्था थियो । अब त्यस्तो गलत पद्धति अन्त्य गर्नेगरी कार्यविधि जारी गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने गृहमन्त्रीका रूपमा आएपछि गृह प्रशासनमा सुधार अभियानस्वरूप कार्यविधि जारी गरिएको हो । कार्यविधि जारी भएसँगै ‘पहुँच र सोर्सफोर्स’का आधारमा सीडीओ सरुवा गरिने ‘गलत परम्परा’ अन्त्य हुने विश्वास गरिएको छ ।
‘प्रमुख जिल्ला अधिकारी पदस्थापन, सरुवा वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’अनुसार कार्यसम्पादन सम्झौतामा ९० प्रतिशत कम अंक ल्याएर अन्तिम ३ मा रहेका तीन सीडीओलाई अर्को जिल्लाको जिम्मेवारी नदिने व्यवस्था गरिएको छ ।
यो खबर आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया