कपिलवस्तु नगरपालिकामा थन्किएको एम्बुलेन्स सञ्चालन

कपिलबस्तु । कपिलबस्तु नगरपालिकामा लामो समय प्रयोगविहिन बनेका एम्बुलेन्स संचालनमा ल्याइएको छ ।

नगरपालिकाका मेयर सुदिप पौडेलले उद्घाटन गरेका छन् । नगरपालिकाका वडाहरु मिलेर खरिद गरिएका एम्बुलेन्स संचालनमा आउन सकेका थिएनन् । मंगलबार मेयर पौडेलले उद्घाटन गरेका हुन । नगरपालिकाका वडाहरु मिलेर खरिद गरिएका एम्बुलेन्स संचालनमा आउन सकेका थिएनन् । एम्बुलेन्स चालकको दिर्घकालिन व्यवस्थापनमा समस्या थियो । हाल भने तत्कालका लागि एम्बुलेन्स संचालनमा आएका छन् ।

कपिलबस्तु नगरपालिका वडा नम्बर ६, ९, १० र ११ ले एम्बुलेन्स गरिद गरेका थिए । वडा भित्रका सुत्केरी तथा गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकामा एम्बुलेन्स सेवा सुरु गरिएको मेयर पौडेलले बताएका छन् ।

उनले आउँदा दिनमा अहिले जस्तो एम्बुलेन्स थन्किएर नबस्ने दाबी पनि गरेका छन् ।

प्रतिक्रिया

खबर सबै