

कृष्णनगरमा मनाइयो राष्ट्रिय योग दिवस





अजय मिश्र, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज जीवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाइएको छ । कृष्णनगर नगरपालिका अन्तर्गत संचालित नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा) को आयोजनामा सरसफाई तथा योगाभ्यास गरि मनाएको हो ।
नगरका प्रत्येक नागरिकलाई योग अपरिहार्यताको बोध गराउन, सबैलाई योगमय गराइ स्वस्थ जीवनको परिकल्पनालाई साकार पार्ने, दिर्घकालिन रोगको नियन्त्रण गर्ने प्रमुख उदेश्यका साथ राष्ट्रिय योग दिवस मनाइएको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज नागेश्वर मिश्रले बताए ।
विहान ६ः३० देखि ७ः३० सम्म योग शिविर संचालन गरि त्यस पछि कृष्णनगर बजारमा सरसफाई गरि कृष्णनगरको गोलघर चोकमा सभा आयोजना गरि कार्यक्रम समापन गरिएको थिया ।
कार्यक्रममा वडा अध्यक्ष कृष्ण कुमार गुप्ता, राहुल मोदनवाल, नारायण कनोडिया, पुष्कर गुप्ता, प्रवेज पाठक, विनय गिरि, चन्द्रभान पाण्डेय, सुरेन्द्र प्रसाद शुक्ल, लगायत जनप्रतिनिधि, समाजसेवी, शिक्षक, बुद्धिजीवी, शिक्षाप्रेमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी पत्रकार लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया