

बाणगंगाको जनसेवा आधारभूत विद्यालयमा बृहत विद्यालय सुरक्षा तालिम प्रदान





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयमा शनिबार शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तरतग बृहत विद्यालय सुरक्षा सम्बन्धी एक दिने तालिम सम्पन्न गरिएको छ ।
बाणगंगा नगरपालिका र कालिका स्वावलम्बन सामाजिक केन्द्रको समन्वयसहित युनिसेफको सहयागमा आयोजना गरिएको तालिममा विद्यालयमा हुन आइ पर्ने जोखिम, प्रकोप, विपद र त्यसको पुर्व तयारीका विषयमा जानकारी प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, वडाका जनप्रतिनिधि, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यक्रम सहजकर्ता दुर्गा अर्यालको सहजिकरण रहेको थियो । बृहत् बिद्यालय सुरक्षासम्बन्धि प्रकोप तथा विपद पूर्वको तयारी र जोखिमको सम्भावना बारे सहभागिहरुलाई जानकारी गराइएको छ भने प्रकोप र विपदबाट जोगिनका लागि विद्यालय भित्रैको क्षमता विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
खास गरी विद्यालयभित्र जोखिमका क्षेत्रहरु पहिचान गरी संकेत गर्ने, विद्यालय भित्रको सुरक्षित स्थानलाई सुनिश्चित गर्ने र विद्यार्थीहरुलाई भुकम्प, बाढी, चट्याङ जस्ता प्रकोपको नमुना अभ्यास गराई त्यसबाट सुरक्षित स्थानमा पुग्ने कार्यमा जानकारी गराउनुपर्ने विषयमा जोड दिइएको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया