

१३औँ अभिभावक भेलाबाट राम आधारभूत विद्यालयको अध्यक्षमा लालबहादुर खड्का चयन





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ पडरिया स्थित श्री राम आधारभूत विद्यलायको १३ औँ अभिभावक भेलाबाट विद्यायल व्यवस्थापन समिति र विद्यालय शिक्षक अभिभावक संघको गठन गरिएको छ ।
बिहिबार विद्यलाय प्राङ्गणमा आयोजना गरिएको उक्त भेलाले लाल बहादुर खड्का क्षेत्रीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको गठन गरेको प्रधानाध्यापक ओमलाल गिरीले जानकारी दिएका छन् । नव गठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खड्का क्षेत्रीसहित सदस्यहरुमा क्रमशः नवराज गुरुङ, तारा चालिसे र शान्ती खड्का गुरुङ चयन भएका छन भने वडा प्रतिनिधिमा वडा सदस्य चुरामणी अर्यालसहित मनोनितमा गिर बहादुर गुरुङ र रिता विष्ट खत्री चयन भएका छन् । यस्तै शिक्षक प्रतिनिधिमा लालमणी अधिकारी र सदस्य सचिवमा प्रधानाध्यापक ओमलाल गिरी रहेका छन् ।
यस्तै विद्यालयको शिक्षक अभिभावक संघमा विष्णु खनाल अध्यक्ष रहेको ११ सदस्यीय नयाँ समिति गठन भएको छ । जसको सदस्यहरुमा टान बहादुर थापा, मेनुका भुषाल थारु, राधिका टण्डन, गिता नेपाली, सिमा गुरुङ लगायत रहेका छन् ।
विद्यालयले आयोजना गरेको १३ औँ अभिभावक भेला कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल सहित बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमूख खिमबहादुर जि.सी, सरेपानी सामुदायिक वनका अध्यक्ष बिन्द्रबहादुर गुरुङ, लगायतको उपस्थिति रहेको थियो ।
सोही भेलाले विद्यालयको आगामी कार्यकालका लागि नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठनलाई पूर्णता दिएको हो । राम आधारभूत विद्यालय बाणगंगाको उत्कृष्ट सामुदायिक विद्यालयको सूचिमा समेत रहेको छ । यो विद्यालयमा विद्यार्थीहरुलाई विद्यालय आउजाउका लागि विद्यालय बसको समेत सुविधा प्रदान गरिएको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार












प्रतिक्रिया