

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै एमालेका लीला गिरी

कपिलवस्तु । लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री नेकपा एमालेका लीला गिरी हुने भएका छन् ।
आइतबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा लुम्बिनी प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएपछि संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
गिरी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री थिए । रुपन्देही क्षेत्र नम्बर २ बाट गिरी दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री शंकर पोखरेल हुन् भने दोस्रो कार्यकालमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गत बिहीबार प्रदेश सरकारका लागि आह्वान गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न पुस २७ सम्मको समय दिएका छन् । तर, सत्ता गठबन्धनले भोलि ९सोमबार० नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ ।
एमालेले निर्वाचनको समयदेखि नै गिरीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा नै प्रसार गर्दै आएको थियो । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४(४, जनमत पार्टी र जसपाका ३(३ जना सांसद छन् । सत्ता गठबन्धनसँग ५३ सांसद छन् । लुम्बिनीमा सरकार बनाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका २७, लोकतान्त्रिक समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका १(१ जना सांसद छन् ।
सभामुख माओवादी र उपसभामुख राप्रपाले पाउने
लुम्बिनीको सभामुख माओवादी केन्द्र र उपसभामुख राप्रपाले पाउने भएका छन् । माओवादीबाट तुलाराम घर्ती सभामुखका दाबेदार छन् भने उपसभामुख राप्रपाबाट मिना श्रेष्ठ वा मेनुका खाँण केसीमध्ये एक हुन्छन् ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया