गृहको परिपत्र पछि कपिलवस्तुका अवैध क्रेशर उद्योग तत्कालका लागि बन्द

राजेन्द्र खनाल, कपिलवस्तु । गृह मन्त्रालयको परिपत्र पछि कपिलवस्तु देशका विभिन्न जिल्लामा संचालित अवैध क्रेशर उद्योगहरु तत्कालका लागि बन्द भएका छन् । हाल कपिलवस्तु र दाङ जिल्लाभित्र अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

दाङ प्रशासनले एक सूचना जारी गर्दै त्यस्ता क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो भने कपिलवस्तुमा गत बिहिबार अवैध क्रेशर उद्योग बन्द गर्ने निर्णय गरेको र तत्काल कार्यन्वयनका लागि प्रहरी खटाईने प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले बताए । कपिलवस्तुमा ३५ वटा क्रेशर उद्योग संचालनमा रहेका छन् । जसमध्ये २० वटा बन्द रहेको र १० वटा उद्योग अवैध रहेको मिश्रले बताए । ति उद्योगहरुलाई बन्द गर्न निर्देशन गरिएको छ । ५ वटा मात्र बैधानिक उद्योग रहेको र तिनिहरुलाई कागजात पेश गर्न निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

उता दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले अबैध क्रशर बन्द गर्न सबैलाई लिखितरुपमा पत्राचार गरिएको बताए ।

केही दिनअघि देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले अवैध क्रस बन्दको निर्देशन दिएको थियो । धेरैजसोले आर्थिक चलखेल गरेर खोल्न दिइने गरेको भन्दै ब्याबहारिक रुपमा कार्यान्वयनमा आउन समस्या रहेको शंका ब्यक्त गरेका छन । बिगतमा पनि क्रशर बन्द गर्ने धम्कि दिएर पैसा उठाउने र पछि सञ्चालन गर्न दिइएको प्रशस्त उदाहरण छन् ।

कपिलवस्तु र दाङमा जारी सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन गरिएको छ ।

प्रशासनले आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग र निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायलाई समेत यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।
प्रचलित कानूनबमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई सम्बन्धित कागजात प्रशासनमा पेश गर्न भनिएको छ । सूचना उल्लंघन गरे कारबाहीको चेतावनी दिइएको छ ।

विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चलानमै रहेका उद्योगहरु बन्द गर्न प्रशासनले व्यवसायीहरूलाई अनुरोध गरेको हो । यस अगाडी पनी यस्तै सुचना जारी गर्ने र अन्ततः पैसा र पावर ले चोख्याउने र फेरी संचालनमा आउने गरेको स्थानियले बताए ।

यसैबिच यता कपिलवस्तुमा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ। जिल्लामा रहेका ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए। मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया

खबर सबै