

कपिलवस्तु : प्रहरी र वन कर्मचारीको छापा, ९० क्युफिट काठसहित एक जना पक्राउ





कपिलवस्तु
कपिलवस्तुमा ९० क्युफिट काठसहित एक जना पक्राउ परेका छन् । सवडिभिजन वन कार्यालय खरेन्द्रपुरले बुधबार काठसहित स्थानीय रुपेश थारुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने शिवराज नगरपालिका – ३ स्थित भितारिया बस्ने बर्ष २१ का थारु छन् ।
बरामद गरिएका काठमा विभिन्न साइजका ९२ थान चिरान रहेको वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत एजाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र वन रक्षकसहित भितारीया पुगेको टोलीले सो काठ बरामद गरेको थियो ।
छापा मार्नेक्रममा भितारीया गाउँका अधिकांश घरको आँगनबाट लुकाएर राखेको अवस्थामा चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दधिलाल कंडेलले बताए ।
कपिलवस्तु साझेदारी वन समितिको जङ्गलबाट चोरीगरी काठ ल्याएको वन कार्यालयका कर्मचारीको अनुमान छ । तस्करको पहिचान खुलेकाले तस्करविरुद्ध मुद्दा दर्ता गरी कारवाही गर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।
सो टोलीले भितारीया गाउँको ६ घरमा छापा मारेको थियो । सालको काठ र कर्मा जातको काठ बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ । बरामद काठ डिभिजन वन कार्यालय गौतम बुद्धलाई बुझाइएको सो टोलीले जनाएको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया