

सरेपानी बन पडेरियाको बेथिति : बिधान विपरीत समिति, घरका एकै परिवार उच्च पदमा, ठेक्दार संयोजक





भलवाड
वाणगंगा नगरपालिका ९ अन्तर्गत रहेको सरेपानी सामुदायिक बनले बनको बिधान विपरीत समिति चयन गरेको छ ।
समितिमा एकै घरका अध्यक्ष र सह सचिव रहेका छन् भने बनको बिधान विपरीत वरिष्ठ उपाध्यक्ष पद बनले आफ्नो मनमानी थप गरेको छ । बनको नियम अनुसार बन समितिमा अध्यक्ष र उपाध्यक्ष सहितको समिति रहने व्यवस्था छ तर बनले आफ्नो खुसि वरिष्ठ उपाध्यक्ष थप गरेको छ ।
बनले बिन्द्र बहादुर गुरुङको अध्यक्षतामा समिति चयन गरेको छ । बिन्द्र बहादुर गुरुङ र फुल कुमारी गुरुङ बिच अध्यक्षका लागि चुनावी प्रतिस्पर्धा थियो तर गोप्य स्रोतका अनुसार बिन्द्र बहादुर गुरुङले फुल कुमारी गुरुङलाई आफू चुनाब हार्ने डरले विभिन्न प्रलोभन देखाई बिधान विपरीत वरिष्ठ उपाध्यक्ष पद बनाई उनलाई राखेको उपभोक्तको आरोप छ ।
बनले यसो गर्नुमा अध्यक्ष पदको दाबेदार फुलकुमारी गुरुङलाई विभिन्न प्रलोभन देखाई उक्त वरिष्ठ उपाध्यक्ष थप गरेको हो भने बनले बिधान विपरीत काष्ठ व्यवसायीहरुलाई समितिमा राखेको छ । हासो लाग्दो कुरा त के छ भने जसले काठ सम्बन्धि ठेकदारलाई काम सहज हुने गरी कटान मुछान समितिको संयोजक राखेको छ । चन्द्र बहादुर खड्कालाई कटान मुछान समितिको संयोजक बनाएको छ भने अनुगमनमा लाल बहादुर खड्कालाई चयन गरेको छ ।
बनका अन्य समितिका केहि दाबेदार व्यक्तिलाई थाहा नदिई गोप्य कोठामा राजनैतिक सहमतिका आधारमा लेखा समिति संयोजक चयन गरेको छ । बनले हरि प्रसाद पाण्डेलाई लेखा समिति संयोजक चयन गरेको छ । पाण्डे काष्ठ व्यवसायी हुन् । बिधान अनुसार काष्ठ व्यवसायी बनको समितिमा बस्ने नियम नभएको बताएका छन् ।
राजनैतिक भागबन्डाले गर्दा समेत बनमा चरम बेथिति हुन् गाउँलेले बताएका छन् । गाउँका करिब ७५ प्रतिशतको बिरोध हुदाँ समेत राजनैतिक मुद्दा बनाएर अध्यक्षमा बिन्द्र बहादुर गुरुङलाई मनोमानी चयन गरेको आरोप बनका उपभोक्तले लगाएका छन् ।
यस्तै बनले युवा नेतृत्वलाई पाखा लगाएको समेत आरोप लगाएको छ । केही थान समुहले एकाधिकार तर्फबाट समिति चयन गरेको समेत आरोप रहेको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया