

कपिलवस्तुमा चिसो बढेपछि यशोधरा र शुद्धोधनका विद्यालय बन्द



कपिलवस्तु । कपिलवस्तुसहित तराईका जिल्लामा अत्याधिक चिसो बढेपछि विद्यालयमा बिदा दिइएको छ । कपिलवस्तुको यशोधरा र शुद्धोधन गाउँपालिकाले दुई हप्ताका लागि विद्यालय बन्द गरेका हुन् ।
एक सातादेखि जारी शीतलहर र हुस्सुका कारण जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै सरकारी र निजी विद्यालय बन्द गरिएको छ ।
यशोधरा गाउँपालिकाले पुस १७ गतेदेखि ३० गतेसम्म १३ दिनको लागि विद्यालयमा जाडो बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बताउनुभयो । त्यस्तै, शुद्धोधन गाउँपालिकाले पुस २० गतेदेखि २९ गतेसम्मका लागि पालिका भित्रका सबै शैक्षिक संस्था बन्द गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताउनुभयो ।
चिसोले गर्दा बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी र दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । चिसोले गर्दा विद्यालयमा विद्यार्थीहरूको न्यून उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षक ओमकार त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो ‘स–साना विद्यार्थी जाडोले काम्ने, रुघाखोकी र ज्वरोले प्रभावित हुन थालेका थिए ।’ चिसो र शीतलहरका कारण कपिलवस्तुमा जनजीवन कष्टकर बन्दैगएको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु







प्रतिक्रिया