

आगोलागीमा परेर वडाध्यक्षको मृत्युु





कास्की कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।
आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो ।
सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आउनुभएका उहाँ घरमा एक्लै बस्ने गर्नुहुन्थ्यो । उहाँका छोरा-बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ ।
आगलागीबाटसँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिनुभयो ।
तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो । के कारणले आगलागी भएको भन्ने यकिन हुन नसकेको बताइन्छ ।
– रासस


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया