

हिमाली बचत तथा ऋण सहकारीको १५ औँ साधारणसभा सम्पन्न



रामबहादुर गन्धर्व, कपिलवस्तु । बाटो बिकासको मेरूदण्ड भएको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बताएका छन् ।
हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा ५ कोपवा कपिलवस्तुको १५औं बार्षिक साधरण सभाको उदघाटन गर्दै सासंद पन्थीले आउने बर्ष जहदी बुङ्गची सडक खण्ड डबल लेन बनाउन बजेट बिनियोजन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
त्यस्तै सोही कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व सदस्य तारावती चौधरी ,नेपाल किसान टयाक्टर समितिका अध्यक्ष अब्दुल सत्तार खाँ, समाजसेवी बिष्णु बेलबासे, बाणगंगा नगरपालिका उपप्रमुख रिता चौधरी लगाएतले
सहकारीको लगानीलाई सदुपयोग गर्न सके स्वरोजगार बन्न सकिने बताए । उनीहरुले संस्थाको उन्नति ,प्रगति सहित सफलताको शुभकामना दिएका थिए।
संस्थाका अध्यक्ष बाबुराम अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने संस्था का कोषाध्यक्ष लक्ष्मण भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १६३४ जना शेयर सदस्य रहेकोमा ७१०जना महिला ९२३ पुरूषहरु रहेको जानकारी दिए ।
यस्तै संस्थाको खुद आम्दानी ८१ लाख ५६ हजार ४ सय २८ रूपिया भएको उल्लेख छ । संस्थाका सचिव कमलप्रसाद खनालले कुल बचत रकम रू १६ करोड ८७ लाख ९९ हजार १८८ रूपिया र गत बर्ष भन्दा १४ लाख २५ हजार ३ सय २७ रूपिया बृद्वि भएको बताए । भुसालले ९१ करोड ५२ लाख ७ हजार ५ सय ४४ रूपिया बराबरको आयब्याय सार्वजनिक गरेका छन् ।
यसै बिच संस्थाले ८० बर्ष माथिका ८ जना बृद्व बृद्वालाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरेको छ भने असल बाल बचतकर्ता ,असल जोडी बचतकर्ता , र असल ऋणीहरूलाई पनि सम्मान गरेको छ ।
वडा न. ५ र ६ का जनप्रतिनिधि , विभिन्न शैक्षिक ,सामाजिक संघसंस्थाका पदाधिकारी , पत्रकार, आयोजित संस्थाका पुर्व पदाधिकारी, स्थानिय समाजसेवी , तथा शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम बाबुराम अर्यालको अध्यक्षता, उपाध्यक्ष भरतराज न्यौपानेको स्वागत मन्त्व्य र कमलप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया