

नव प्रभात बचत तथा ऋण सहकारी संस्थाको १९ औँ साधारणसभा सम्पन्न





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित नव प्रभात बचत तथा ऋण सहकारी संस्थाले १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शनिबार जिनुवा स्थित हाटबजार स्थलमा आयोजना गरिएको साधारण सभा कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले संस्थालाई दिगो बनाउन योजनाबद्ध र प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्था र वडा कार्यालय बिच हुन जरुरी रहेको भन्दै उहाँले सहकारीहरुले आफ्ना शेयरधनीहरुलाई उत्पादनसँग जोड्ने खालका कार्यक्रममा सक्रिय बनाउनु आवश्यक रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा नव प्रभात बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष टिकाराम पौडेलले आफैले जन्माएको संस्थामा हाल १७ सय बढी शेयर सदस्य भएको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले शेयर सदस्यहरु सहकारीका लागि सबैभन्दा महत्वपूर्ण पक्ष रहेको भन्दै संचालक समितिलाई खबरदारी गर्न शेयर धनीहरु पछि हट्न नहुनेमा उहाँले सचेत बनाउनुभएको छ ।
यस्तै कार्यक्रममा वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष धुव्र बेल्वासे, सहकारीका पूर्व अध्यक्ष भुवनेश्वर पौडेल, वडा सदस्य चुरामणी अर्याल लगाएतले सम्बोधन गर्नुभएको थियो ।
साधारण सभा कार्यक्रममा सहकारीका अध्यक्ष बसन्त खनालको अध्यक्षता सहित वडा अध्यक्ष कमल पौडेलको प्रमूख आतिथ्यता रहेको थियो । संस्थाका सचिव दिपक कुमार कुवरको प्रगति प्रतिवेदन, लेखा समिति संयोजक लालमणी अधिकारीको लेखा प्रतिवेदन, ऋण लगानी समितिका संयोजक विष्णु भुषालको ऋण लगानी प्रतिवेदन र अध्यक्ष बसन्त खनालको निति तथा कार्यक्रम सहितको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ४६ लाख ३६ हजार ३७ रुपैँया ७२ पैसा कुल आम्दानी भएको उल्लेख छ । यस्तै निक्षेप बचत १४ करोड ५४ लाख पु¥याउने लक्ष्य रहेकोमा कुल १२ करोड, ९९ लाख ८ हजार ४३९ संकलन भएको जनाइएको छ । यस्तै आर्थिक वर्ष २०७९/८० मा कुल २० करोड १८ लाख ८० हजार अनुमानित आयसहितको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
साधारणसभामा सहकारीले उत्कृष्ट ५ जना बाल बचतकर्ता, पाँच जना असल ऋणी, दुई जना एकल महिला र तीन जना जेष्ठ बचतकर्ताहरुलाई सम्मान समेत गरेको छ । यस्तै संस्थाका पुर्व कार्यसमितिका पदाधीकारीहरुलाई दोसल्ला र करुवा सहित सम्मान गरेको छ ।
कार्यक्रम संस्थाका सचिव दिपक कुवरको संचालन सहित सहकारीका कर्मचारी, शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो । नव प्रभात बचत तथा ऋण सहकारी संस्था बि.सं. २०५४ सालमा स्थापना भई २०५९ साल भदौ १० गते डिभिजन सहकारी कार्यालयमा विधिवत दर्ता भई सहकारीको रुपमा संचालनमा आएको हो ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया