
सांसद पन्थीको अडान कपिलवस्तु नै राजधानी हुनुपर्नेमा जोेड, संसोधन प्रस्ताव पेश गर्ने

ई–साझाकुरा, असोेज १६
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय बिरुद्ध सत्तारुढ नेकपाकै सांसद बिष्णु पन्थीले संसोधन प्रस्ताव पेश गर्ने भएका छन । कपिलबस्तुबाट निर्वाचित प्रदेशसभा सदस्य पन्थीले प्रदेशको राजधानी दाङको भालुवाङमा राख्न गरिएको सरकारी प्रस्ताव बिरुद्ध संसोधन प्रस्ताव लैजाने बताएका छन ।

म पहिल्यै देखि कपिलबस्तु राजधानी बनाउनु पर्छ भन्ने पक्षमा हो अहिले पनि त्यही कुरामा दृढ छु अव चल्ने प्रदेशसभा बैठकमा कपिलबस्तु राजधानी बनाउने प्रस्ताव लैजान्छु । उनले भने । प्रदेश ५ को राजधानीका लागि कपिलबस्तु सबै हिसावले उपयुक्त स्थान हो, सुगमता, सहजता र भौगोलिक हिसावले गुल्मी देखि बर्दिया सम्मका नागरिकलाई पायक पर्ने ठाउ हो त्यसैले कपिलबस्तु राजधानी बनोस् मेरो अडान आज पनि उत्तिकै छ पन्थीले भने ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेकोले कपिलवस्तु मात्रै प्रदेश राजधानीको लागि उपयुक्त स्थान रहेको उहाँले बताउनुभयो ।
आफ्नो फेसबुकमा स्टाटस राख्दै पन्थीले भन्नुभयो
तीन हजार वर्ष बढी पुरानो जिवित इतिहास र सम्भयता बोकेको सिद्धार्थ गौतम, कनकमुनी र क्रकुछन्द बुद्ध जन्माउने, रामघाट, रामदतिवन ,लक्ष्मणघाट, श्रृङ्गीघाट, कपिलधाम, तौलेस्वरनाथ, कैलास आश्रम र मधुवनधाम समेटिएको बाणगंगाले सिचेको प्राचीन ऐहिहासिक कपिलवस्तु प्रति हामीलाई गर्व छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया