

मुख्य पदमा कम्युनिस्टकै बर्चस्व

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
तत्कालीन नेकपाको विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका थिए । एमाले र माओवादी केन्द्रबीच २०७४ सालमा चुनावी गठबन्धन हुँदै पार्टी एकता भएको थियो । निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । तर, त्यो धेरै समय टिक्न नसकी कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमत हुँदाहँुदै गैरकम्युनिस्टबाट प्रधानमन्त्रीका रूपमा देउवा आए ।
नेकपा विभाजन हुँदै तीनवटा कम्युनिस्ट पार्टी भयो । एमाले, माओवादी र एकीकृत समाजवादी । अहिले एमाले र माओवादी सहित सात दलको गठबन्धन बनाएर कम्युनिस्ट पार्टीका नेताको नेतृत्वमा सरकार आएको छ ।
२०७९ को आम निर्वाचनमा एमाले एउटा गठबन्धनको नेतृत्व गर्दै अगाडी बढेको थियो भने माओवादी र एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी थियो । एमाले र माओवादीसहितका दलले मिलेर सरकार गठन गरे पनि एकीकृत समाजवादी अहिले ‘पर्ख र हेर’को अवस्थामा छ ।
प्रधानमन्त्री बन्ने दौडमा रहेका माओवादीका अध्यक्ष प्रचण्डलाई कांग्रेसले समर्थन नगरेपछि एकाएक एमाले र माओवादीको मिलन हुन गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई समर्थन गरी साना दललाई समेत मिलाएर १६९ सांसदको समर्थनमा प्रचण्ड सरकारको नेतृत्व गर्न सफल भए ।
वैशाखमा भएको स्थानीय निर्वाचनमा कम्युनिस्ट पार्टीहरू एउटै गठबन्धनमा नहुँदा त्यसको फाइदा कांग्रेसले उठायो । यो समाचार राजधानी दैनिकमा छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया