

कपिलवस्तुमा १३०औँ माओ दिवस मनाइयो



कपिलवस्तु । नेकपा (मशाल), नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा कपिलवस्तुको बाणगङ्गामा १३०औँ माओ दिवस मनाएका छन् ।
ने.क.पा.(मशाल )का प्रतिनिधि हिमलाल वाग्ले, नेकपा (बहुमत) का इन्चार्ज का. धमिल , ने.क.पा.( क्रान्तिकारी माओबादी ) का केन्द्रीय सल्लाहकार पिताम्बर आचार्य लगायतले कार्यक्रममा आफ्ना धारणा राख्नु भएको थियो।
माओका योगदान, माओ विचारधाराको अपरिहार्यता, नयाँ जनवाद र नेपाली क्रान्तिको कार्यदिशा लगायत माक्र्सवादको बिकासमा माओको योगदानको नेताहरुले चर्चा गरेका छन् ।
कम्युनिष्ट आन्दोलनका कमाण्डर मानिने माओले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता सहित नेपालको बर्तमान परिस्थितिको बिषयमा समेत गम्भीर समीक्षा गरियको जनाइएको छ । विश्व सर्वहारा वर्गका नेता माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका क्रान्तिकारीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् ।
ने.क.पा. ( क्रान्तिकारी माओवादी ) का सेक्रेटेरी कमल उप्रेतीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नेकपा (बहुमत) का जिल्ला संयोजक शङ्घर्षको स्वागत मन्त्ब्य र नेकपा (मशाल) का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया