

कपिलवस्तुमा छाडा चौपायबाट पिडित किसानले बुझाए नगरप्रमुख शाहलाई ज्ञापन पत्र





कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्र भित्रमा विकराल समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनको माग गदै कृष्णनगरका स्थानीय किसानले नगर प्रमुख रजत प्रताप शाहलाई ज्ञापन बुझाएका छन् । नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमान सहित स्थानीयको टोलीले शुक्रवार नगर प्रमुख शाहलाई कार्यकक्षमै भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
छाडापशु चौपायाले यस क्षेत्रमा दिनानुदिन सडक दुर्घटना, बजार सौन्दर्य बिग्रेको र सम्पूर्ण किसानहरुले लगाएको बालीनाली पूर्ण रुपमा नोक्सन गरी भोकमारीको समस्या भइरहेको नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानद्धारा हस्ताक्षतिर ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
छाडा पशुचौपाया समस्यालाई मध्यनजर गरी यसको दिर्घकालिन समाधानको लागि ज्ञापन पत्रद्धारा समितिले माग गरेको छ । छाडा चौपायाले हामी किसानले लगाएको अन्नबाली खाइदिनुका साथै बाटोघाटो हिँडडुलमा समेत दुर्घटना बढेको छ । लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका किसानरुले छाडा चौपाया व्यवस्थापन गर्न नगर समझ जोडदार माग गरेका छनत ।
छाडा चौपाया नियन्त्रण गर्नुपर्ने दायित्व स्थानीय सरकारको भएकाले यसको व्यवस्थापनका लागि अनुरोधका साथै उचित ब्यवस्थापन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानद्धारा हस्ताक्षतिर ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय तौलिहवा, जिल्ला प्रहरी कार्यालय र कृष्णनगर नगरपालिकाका सम्पुर्ण वडालाई बोधार्थको रुपमा ज्ञापन पत्र बुझाइएको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया