

मालपोत र नापी कार्यालय बाणगंगामा ल्याउने गिरीको दाबी





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले जिल्ला सदरमुकाममा रहेका मालपोत र नापी कार्यालयको साखा बाणगंगामा ल्याउन नगरपालिकाबाटै पहल भइरहेका बताएका छन् ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गिरीले आफू नगरपालिकाको बोर्ड सदस्य भएको नाताले नगर स्तरीय बैठकबाट पौष १ गते को निर्णय अनुसार नापि कार्यालय र मालपोत कार्यालय बाणगंगामा ल्याउन पहल भइरहेको भन्दै त्यसका लागि कार्यालय राख्न वडा नम्बर ८उत्तम रहेको बताए ।
उनले सार्वजनिक सेवाका संघ-संस्थाहरु एकत्रित गर्नुको साटो छरिएर रहेमा त्यहाँको विकास पनि हुने दाबी गरेका छन् । वडा अध्यक्ष गिरीले नगरपालिकाले मालपोत र नापीको शाखा संचालन गर्न पहल गरिरहेको भन्दै त्यसका लागि उत्तम स्थान वडा नम्बर ८ रहेको र त्यसमा पनि साना किसान कृषि सहकारी संस्थाको भवनको एउटा तल्ला सहकारीले दिन पनि तयार हुनुपर्नेमा जोड दिए ।
यस्तै उनले बाणगंगा नगरपालिका वडा नम्बर ८ एक विशेष वडा रहेको भन्दै यही वडाबाट राष्ट्रिय सभा सदस्य देखि प्रदेश सासंद सम्म निर्वाचित हुने वडा भएको पनि बताए । उनले वडा नम्बर ८ ले समग्र नगरपालिकाको विकासका लागि एउटै वडाबाट निर्वाचित व्यक्तिहरुलाई सरकारका विभिन्न तहमा पठाएको भन्दै यो समयमा जनताले निर्वाचित सासंदहरुबाट ठूलो अपेक्षा गरेको पनि बताएका छन् ।
यहाँको विकासका लागि राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रतिनिधि सभा सदस्य बलराम अधिकारी, प्रदेश सभा समानुपातिक सांसद गिरिधारिलाल न्यौपानेलाई सोही कार्यक्रम मार्फत उनले ध्यानाकर्षण भएको पनि बताए ।
उनले भुमिहिन सुकुमबासी र अव्यवस्थित बसोवासीहरुको जग्गाा नापजाँचको काम अन्तिम चरणमा पुगेको र अब जसरी पनि लालपुर्जा प्रदान गर्ने गरी लागिएको पनि दाबी गरेका छन् ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया