अमृते सामुदायिक वनको सारधाणसभा सम्पन्न

नवराज बेल्वासे, भलवाड । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा रहेको अमृते सामुदायिक बनको १३ औँ वार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन बुधबार सम्पन्न भएको छ । वनको वार्षिक साधारणसभा सकिए पनि अधिवेशन भने पाँच सदस्यीय समिति गठन गरि अर्काे मितिमा गर्ने गरी सहमति भएको छ ।

अधिवेशनका लागि संस्थाको आगामी कार्यकालका लागि अध्यक्ष सहितको पदाधिकारीको दाबेदार संख्या बढी भए पछि तत्कालका लागि एक समिति बनाई सोही समितिले नयाँ कार्यसमितिको अधिवेशन गराउने गरी साधारणसभा सम्पन्न भएको वन कार्यसमतिले जनाएको छ ।

सम्पन्न साधारण सभा कार्यक्रममा वनका अध्यक्ष गोपाल गिरीको अधयक्षता सहति सव डिभिजन वन कार्यालय गोरुसिँगेका प्रमूख बसन्त थापाको प्रमूख आतिथ्यता रहेको थियो ।

यस्तै कोषाध्यक्ष नेत्र प्रसाद बुढाथोकिको आर्थिक प्रतिवेदन रहेको थियो । कोषाध्यक्ष बुढाथोकीले आर्थिक वर्ष २०७७/७८ का लागि कुल ८० लाख ५८ हजार २०५ रुपैँया ५० पैसा बराबरको आय व्याय प्रस्तुत गर्नुभयो भने आर्थिक वर्ष २०७८/७९ को २ करोड ९७ लाख ९७ हजार ९७३ रुपैँया ८० पैसाको आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।

यस्तै चालु आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय तर्फ ३ करोड ९३लाख ५ हजार ३१० रुपैँया र खर्च तर्फ ३करोड ४७लाख ५७ हजार रुपैँयाको अनुमानित आय व्याय पेश गरिएको थियो । कार्यक्रममा समितिका सल्लाहाकार सदस्य, जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई नगद, दोस्लला र प्रमाण पत्रले सम्मान पनि गरिएको छ । यस्तै बालविकास देखि कक्षा ८ सम्म अध्ययन गर्ने १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ती स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको छ । यस्तै साधारण सभामा बन हेरालुको सहजताका लागि साइकल समेत प्रदान गरिएको छ ।

वन कार्यसमितिका अध्यक्ष गोपाल गिरीले बनको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने लेखा समिति संयोजक कुन्तामणि भुसालले लेखा प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा सव डिभिजन बन गोरुसिङ्गे प्रमुख बसन्त थापाले बनमा शुद्ध सामाजिक कामका लागि भावना भएको र बनलाई अधिक्तम समय दिन सक्ने व्यक्तिको आवश्यकता रहेको बताउदै अमृते सामुदायिक बन भलवाडका अन्य बन भन्दा फरक रहेको बताउनु भयो । थापाले बन क्षेत्रबाट खुलेयाम ढुङ्गा चोरी हुने र यसलाई नियन्त्रण गर्न नसक्नु दुखद रहेको र यसलाइृ नियन्त्रण गर्न नसके भविष्यमा ठुलो असर गर्ने समेत औल्याउनुभएको छ ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कमल पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो भने, वडा समस्य चुरामणि अर्याल, सामुदायिक बनहरुका प्रतिनिधि, समितिका सल्लाहाकारहरु, वन उपभोक्ता लगाएतको सहभगिता रहेको थियो ।

वन कार्यसमिति उपाध्यक्ष राधा खनालको स्वागत मन्तव्य र सचिव मीना सिँजापतिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

खबर सबै