

सडक अतिक्रण हटाउने अभियानमा कपिलवस्तुका पालिका





कपिलवस्तु । विभिन्न नगरले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने होडबाजी चलिरहेका बेला कपिलवस्तुका दुई स्थानीय तहले पनि सडक अतिक्रमण र ठेला व्यवसाय हटाउने अभियान थालेका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण हटाउने बताएको छ भने बाणगंगा नगरपालिकाले १५ दिने सूचना नै जारी गरेको छ । बाणगंगा नगरपालिकाले सडक अतिक्रमण गरि बनाइएका व्यवसायिक संरचना र ठेला व्यवसाय हटाउन भन्दै सूचना जारी गरेको छ । १५ दिन भित्र नहटाए नगरपालिकाले आफै हटाउने सूचनामा भनिएको छ ।
यस्तै उता जिल्लाको बुद्धभुमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले राजमार्गको दुवैतर्फ सडक मिचेर व्यवसाय गर्ने, पशुचौपाया राख्ने, सडक अतिक्रमण हटाउने बताएका छन । पालिकको भित्री सडकमासमेत पशु चौपया राख्ने, धान सुकाउने, घर निर्माणमा सामाग्री राखेर हिँडडुल गर्न असहज बनाएको हुँदा त्यस्ता काम हटाउने बताए ।
प्रमुख श्रेष्ठले पालिकाभित्र बिग्रिएका सीसीटीभी क्यामरासमेत मर्मतको चरणमा रहेको बताए । नेपाल पत्रकार महासंघले आयोजना गरेको नगरको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले पालिकाले शिक्षा, सडक, कृषिको विकासको लागि थप योजना अगाडि बढाएको बताए ।
नगरको विकासमा नरपालिकाले सबै पक्षसँग सहकार्य र परामर्श गरेर काम गरिरहेकोसमेत श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले नगरपालिकाले कार्यालय सञ्चालनमा उत्कृष्ठ काम गर्दै जनताको मन जित्न सफल भएको बताए ।
पालिकाको कामलाई पारदर्शी, जवाफदेही र जनमुखि बनाउँदै लैजाने मा विश्वस्त रहन नगरवासीलाई आग्रह गरेका छन् । शिक्षा क्षेत्रलाई थप व्यस्थित गर्नको लागि उपसचिव लिलबहादुर राउत क्षेत्रीको संयोजकत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदन कार्यपालिकामा पेश गरी तत्काल कार्यानयनमा ल्याउने समेत नगरपालिकाले बताएको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार












प्रतिक्रिया