

‘एक गाउँ एक उत्पादन’ कार्यक्रम पुनः सुरु



काठमाण्डौँ
सरकारले एक गाउँ एक उत्पादनु कार्यक्रम पुनः सुरु गर्ने भएको छ। डेढ दशकअघि लागू भएर पाँच वर्षदेखि बन्द रहेको यो कार्यक्रम पुनः नयाँ स्वरुप र नयाँ नारासहित सञ्चालन गर्न लागिएको हो ।
उद्योग वाीिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्षभित्र यो कार्यक्रम पुनः सुरु गर्न लागिएको जानकारी दिएको छ । चालू आर्थिक वर्षको बजेटमा यस कार्यक्रमलाई एक स्थानीय तह एक विशिष्ट उत्पादन को अवधारणा कार्यान्वयन गरिने उल्लेख छ।
मन्त्रालयका अनुसार संघीयता लागू भएसँगै स्थानीय तहको पुनर्संरचना गरिएसँगै अलपत्र परेको यो कार्यक्रम थप परिष्कृत र परिमार्जित रुपमा लागू हुँदैछ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्येक स्थानीय तहमा उत्पादन हुने औद्योगिक उत्पादनको सम्भावना रहेका विशिष्ट उत्पादनहरूको पहिचान गरी एक स्थानीय तह एक विशिष्ट उत्पादन को कार्यक्रम लागू गर्न लागिएको जानकारी दिए ।
मन्त्री बडूका अनुसार यो कार्यक्रम उत्पादकत्व र बजारीकरणमा सहयोग पुयाउन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनवटै तहको साझा कार्यक्रमका रुपमा अघि बढाइने छ।
यो समाचार कारोबार दैनिकमा छ ।


खबर सबै
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
-
१७औँ कपिलवस्तु महोत्सवलाई शैक्षिक र सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने तयारी







प्रतिक्रिया