

कृष्णनगरमा नगरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविर





कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा आज वडा नं २ को वडा कार्यालय बाट सेवा प्रवाह घुम्ती शिविर लाई निरन्तरता दिदै छl
२६ गते कृष्णनगर नगरपालिकाका ले वडा नं १२ मा सेवा प्रवाह घुम्ती शिविर सुरुवात गरेको थियो सोही क्रममा आज वडा नं २ बाट सेवा प्रवाह गरिएको जानकारी कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले जानकारी दिए l
जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ संचालित गरिएको उक्त शिविर बाट स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण, कृषि सेवा लगायत नगरपालिकाका बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु आज सोही स्थानबाट सेवा प्रवाह गरिने कृष्णनगर नगरपालिकाले जानकारी गराएको छ l
वडा बाट नगरपालिकाका कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गांउमै सेवा प्रवाह गरि आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गरिएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए l
कृष्णनगर नगरपालिकाको १२ वटै वाडहरूमा पालै पालो सेवा प्रवाह घुम्ती शिविर संचालन गर्ने कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर अहमद शाहले जानकारी दिए l


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया