

यसवर्ष कपिलवस्तुमा धान उत्पादनमा वृद्धि





कपिलवस्तु । पर्याप्त वर्षा र मलखादको सहज आपूर्तिका कारण कपिलवस्तुमा यस बर्ष धान उत्पादन वृद्धि भएको छ।
मौसम अनुकूलताका कारण यस बर्ष कपिलवस्तुमा ४ प्रतिशतले धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुले अनुमान गरेको हो।
यो बर्ष मनसुन ढिलो गरी आएको र प्रशस्त पानी परेकाले खाद्यान्न भकारीकारुपमा चिनिएको कपिलवस्तुमा धान उत्पादन ४ प्रतिशतले बढको कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रबिन्द्रनाथ चौबेले बताए।
यस बर्ष जिल्लामा यस बर्ष ७० हजार ७० हेक्टरमा धान खेती गरिएकोमा २ लाख ६९ हजार ६६९ मेट्रिक टन धान उत्पादन भएको छ। गत बर्ष ७१ हजार ५ सय हेक्टरमा खेती गरिएकोमा २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो। तर बेमौसमी वर्षाले धान बालीमा क्षति गरेको थियो। जसले गर्दा उत्पादनमा ह्रास आएको थियो र २ लाख ११ हजार मेट्रिक टन मात्र उत्पादन भएको थियो।
‘चाहिने जति पानी परेको, रासायनिक मलको उपलब्धता पनि ठिकै रहेको तथा रोग र कीराको प्रकोप पनि देखिएको छैन ’ प्रमुख चौबेले भने ‘त्यसैले कपिलवस्तुमा धान उत्पादनमा वृद्धि भएको हो’।
कृषक संघका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले समयमै वर्षा र मलखादको उपलब्धताले यस कपिलवस्तुमा धान उत्पादन राम्रो भएको बताए। जिल्लाको कुल खेतीयोग्य जमिन करिब ८३ हजार हेक्टर रहेको छ, जिल्लामा करिब ५५ प्रतिशत क्षेत्रफलमा हाइब्रिड जातका र ४५ प्रतिशत क्षेत्रफलमा उन्नत जातका धानको खेती गरिन्छ। खेती गरिने उन्नत जातमा मुख्यरुपले राधा–४, साँभा मसुली, सावित्री, रामधान, गोल्डेन मसुली, रहेका छन् भने हाइब्रिड धानमा ६४४४, सम्पूर्ण, गोरखनाथ लगायतका धानको खेती हुने गरेको छ।
यसको अलावा कपिलवस्तु जिल्लाको पहिचानको रुपमा रहेको मसिना तथा वासनादार धानको रुपमा कालानमक तथा बासमतीको खेती हुने गरेको कुरा कृषि ज्ञान केन्द्र, कपिलवस्तुले जनाएको छ। उत्पादन राम्रो भए पनि सरकारले तोके अनुसारको मुल्य भने नपाएको कृषकहरूको गुनासो छ । किरणमान बज्राचार्यले समाचार लेखेका छन् ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया