

अर्घाखाँचीमा आफ्नै श्रीमतीले गरिन् श्रीमानको हत्या


अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षिय श्रिमान बलबहादुर नेपालीको हत्या गरेकी छिन् ।
छिमेकीको बर्खिमा सहभागी दुबै जनाले मंसिर २४ गते साँझ मदिरा सेवन गरेर घर फर्किएका श्रीमान र श्रिमतीबिच घरायसी बिवाद भएको थियो । श्रीमान बलबहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको र सोही रिसले श्रीमती लक्ष्मी नेपालीले आफुले कम्मरमा बाँधको पटुका निकाली श्रीमानको घाँटीमा पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्डाई हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिए ।
२५ गते प्रहरी निरीक्षक अर्जुन पौड्ेलको नेतृत्वको टोलीले घटना स्थलमा पुगी अनुसन्धान गर्दा लक्ष्मीले पासोबाट शब निकालेर भुईमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफुलाई श्रीमानले कुटपिट गरेको भन्दै छिमेकी गोविन्द बहादुर नेपालीको घरमा गएर गुहार मागेकी अनुसन्धानमा खुलेको छ ।
लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरी निरीक्षक घिमिरे जानकारी दिए।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया