

कपिलवस्तुको शिवराज २ का बासिन्दाले ५२ वर्षपछि लालपुर्जा पाए





कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२ का बासिन्दाले ५२ वर्षपछि लालपुर्जा पाएका छन । शिवराज–२ का मदरहवा, ओझवा, बालापुर, हरहटीका एक सय ४८ जनाले डिहब्लक लालपुर्जा पाएको नगरपालिकाका प्रमुख अजय थापाले बताए ।
नापी कार्यालय तौलिहवा कपिलवस्तुले विसं २०२७ मा नापी गर्दा छुट भएका डिहब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगरप्रमुख थापाले बताए । साविकको भागवानपुर गाउँ विकास समितिअन्तर्गत सातवटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५२ वर्षपछि एक सय ४८ जनालाई लालपुर्जा वितरण गरेको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिइन् । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको उपप्रमुख थारूले बताइन् ।
नापी कार्यालय तौलिहवा जान अप्ठ्यारो हुने भएकाले गाउँमै लालपुर्जा वितरण गर्ने व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर चौधरीले बताए। “सर्वसाधारणको सहजताका लागि गाउँमै पुगेर पुर्जा बाँडेका हौँ”, उनले भने ।
पुर्जा पाएपछि स्थानीयवासी खुसी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैँकबाट ऋण लिन, धितो राख्न, बेचबिखन गर्न, अंशबन्डा गर्नबाट वञ्चित हुँदै आएका थिए । नगरपालिकाले विसं २०७८ को चैत २३ गते एक सय ८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको थियो । नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपूर्जा वितरण गरेको जिल्ला नापी कार्यालय कपिलवस्तुका प्रमुख सुवास न्यौपानेले जानकारी दिए ।
कपिलवस्तुमा विसं २०२६ देखि सुरु भएको गाउँ ब्लक जग्गा विसं २०२८ मा सामान्य नापी भएको थियो । हालसम्म जिल्लाका साविक ८१ गाविसमा एक हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक छ । रासस


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया