कपिलवस्तुको बाणगंगा नगरपालिकामा जग्गाको कित्ताकाट खुला

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले जग्गाको कित्ताकाट खुला गरेको छ । नगरपालिकाको बैठकले भूउपयोग कार्यान्वय कार्यविधि २०७९ र भुउपयोग क्षेत्र वर्गीकरणसम्वन्धी मापदण्ड स्वीकृत गरेपछि कित्ताकाट खुला भएको नगरप्रमुख चक्रपाणी अर्यालले बताए ।

नगरपालिकामा गत असारबाट जग्गाको कित्ताकाटको काम रोकिएको थियो । पालिकाले सबै वडाका भूमिलाई १० भागमा बर्गीकरण गर्ने आधार तयार गरी कार्यविधि बनाएपछि कित्ताकाटको बाटो खुला भएको नगरपालिकाका प्रमखु प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । पालिका भित्रका भूमिलाई सदुपयोग गर्न भूउपयोग योजना बनाउने तयारी भएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै