

चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न कांग्रेसको निर्देशन



काडमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रदेश तथा जिल्ला अनुशासन समितिलाई पत्र पठाएर अन्तर्घात गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवार विरुद्ध अन्तर्घात गरी असहयोग गर्नेहरूलाई कारबाही गर्न निर्देशन दिएको केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले जनाएका छन्।
अनुशासन समितिले पठाएको पत्रमा भनिएको छ, ‘अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्नेछ।’


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ







प्रतिक्रिया