कपिलवस्तुको विजयनगरमा वडा सदस्यको निधन

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गापा वडा नं ३ की वडा सदस्य माधुरी लोहारको निधन भएको छ। २९ वर्षीया लोहारको आठ महिनाको गर्भ समेत रहेको थियो।

अत्यधिक पेट दुख्न थालेपछि शिवराज अस्पतालमा उपचारका लागि पुगेकी लोहारलाई अत्यधिक रक्तस्राव भएपछि बुटवल रिफर गरिएको थियो। बुटवलमा उपचारका क्रममा उनको निधन भएको गाउपालिका उपाध्यक्ष लक्ष्मीकुमारी थारूले बताइन्।

सदस्यको निधन भएपछि गापाले आइतवार सार्वजनिक बिदा दिएको छ। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा उनी जनता समाजवादी पार्टीबाट दलित सदस्यमा निर्वाचित भएकी थिइन्। उनका श्रीमान् र तीन छोरी रहेका छन्।

प्रतिक्रिया

खबर सबै