

ब्राजिलमा राजमार्गमाथिबाट पहिरो खस्दा कम्तीमा दुईजनाको मृत्यु, बढीमा ५० जना बेपत्ता




ब्राजिलको दक्षिणी क्षेत्रमा राजमार्ग अवरोध हुनेगरी पहिरो जाँदा कम्तीमा दुईनाको मृत्यु भएको छ। अरू ३० देखि ५० जना बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पराना राज्यको राजमार्गमाथिबाट डाँडाको भाग नै खस्दा कम्तीमा १६ वटा सवारी साधान प्रभावित भएका छन्।
उद्धार टोली घटनास्थलमा पुगे पनि खराब मौसम तथा दुर्गम भौगोलिक अवस्थाका कारण खोजी तथा उद्धारमा कठिनाइ भइएको छ। उद्धारकर्मीले ६ जनाको उद्धार गरेका छन्।
जीवित रहनेमा तटीय बजार गुएरातुबाका मेयर रोबेर्टो जस्तुस पनि हुन्। उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै भगवानको कृपाले बाँच्न सफल भएको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ।
उनले भनेका छन्, ‘पहाड नै हामीमाथि खस्यो। त्यसले गाडीहरू बगायो।’
स्थानीय समयअनुसार सोमबार राति पहिरो गएको हो। सार्वजनिक भएको एरियल तस्बिरमा पहिरोले राजमार्गको केही भाग पूरै अवरोध गरेको तथा गाडीहरू बगाएको देखिएको छ।
थप पहिरो जान सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। राष्ट्रिय मौसम सेवा विभागका अनुसार ब्राजिलका विभिन्न राज्यमा भीषण वर्षाको सम्भावना छ, त्यसले पहिरोको जोखिम थप बढाएको हो।


खबर सबै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण











प्रतिक्रिया