

पुल बनाउन खनेको खाल्डोमा खस्यो मोटरसाइकल




बर्दियाको बढैयाताल गाउँपालिका–८ मा पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुईजना घाइते भएका छन् । मोटरसाइकल चालक बर्दियाकै गेरुवा गाउँपालिका–६ का २५ वर्षीय आशिष शाही र बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ का १९ वर्षीय युवराज सिंह ठकुरी घाइते भएका हुन् ।
घाइते दुवैको नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये ठकुरीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
नेपालगन्जबाट गुलरियातर्फ जाँदै गरेको भे३प ४०९० नम्बरको मोटरसाइकल गए राति करिब पौने ११ बजे पुल बनाउन खनेको खाल्डोमा खसेको थियो ।


खबर सबै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण











प्रतिक्रिया