

जनमोर्चा अध्यक्ष के.सी भन्छन् चुनाव भड्किलो र खर्चिलो रैछ





बागलुङ : राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले चुनाव भड्किलो र धेरै खर्चिलो भएको बताएका छन्।
बागलुङ क्षेत्र नं। १ बाट प्रतिनिधि सभाका लागि नवनिर्वाचित केसीले निर्वाचन अधिकृतको कार्यालयले राखेको अन्तिम मतपरिणाम घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले अबका निर्वाचन जो कोहीले लड्न नसक्ने बताए।
केसीले भने, ‘अब कमजोर मान्छे चुनाव नलडे हुने रैछ । जोसँग पैसा छ, उसले मात्र आँटे हुन्छ। मलाई त धेरै भड्किलो लाग्यो। चुनाव जित्नका लागि अब विचारले मात्र पुग्ने देखिएन।’
उनले राजनितिक पार्टीका सिद्धान्त विचार हरेर जनताले भोट हाल्नुपर्नेमा जोड दिएका थिए। केसीले निर्वाचनमा अहोरात्र खट्ने कर्मचारी, सुरक्षाकर्मी र मतदाता लगायतलाई धन्यवाद दिँदै लोकतान्त्रिक अभ्यासमा जसले जिते पनि जनताकै काम गर्न जाने हुँदा जिम्मेवारी भएर काम गर्नुपर्ने बताए।
‘म संसदमा जनताकै कामका लागि जाँदैछु । जनताको मतको उच्च सम्मान गर्नुपर्छ,’ केसीले भने, ‘यहाँ भित्र बेथिति चल्यो भने म खबरदारी पनि गर्नेछु। मेरो जिम्मेवारी पूरा गर्नेछु। आममतदातालाई पछुतो हुन दिने छैन।’
कार्यक्रममा बागलुङ–१(१) प्रदेश सभा सदस्यमा निर्वाचित कांग्रेसका दिपेन्द्रबहादुर थापाले जनताप्रति उत्तरदायी भएर काम गर्ने बताए। उनले गण्डकी प्रदेश सभामा बागलुङका हरेक जनताको आवाजलाई बुलन्द गर्ने आफ्नो कर्तव्य रहेको बताए।
बागलुङ–१(२) का नवनिर्वाचित प्रदेश सभा सदस्य कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले जनताले गरेको विश्वासलाई आफूले कहिल्यै मर्न नदिने प्रतिबद्धता जनाए।
बागलुङ– १ मा गठबन्धनका साझा उम्मेदवार केसी र नेकपा एमालेका उम्मेदवार डा.सुर्य पाठकबीच प्रतिस्पर्धा भएको थियो। केसीले पाठकलाई २ हजार ६१९ मतान्तरले पराजित गरेका थिए। केसीले कुल २१ हजार ४६४ मत प्राप्त गर्दा पाठकले १८ हजार ८४५ मत प्राप्त गरेका थिए।
प्रदेश सभातर्फ कांग्रेसका थापाले नेकपा एमालेका हिराबहादुर खत्रीलाई पराजय गराउँदै विजयी भएका थिए। थापाले १३ हजार ८९८ मत प्राप्त गर्दा खत्रीले १२ हजार ४१८ मत प्राप्त गरेका थिए। प्रदेश सभा ९२० मा कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले नेकपा एमालेका नवराज पौडेललाई फराकिलो मतान्तर सहित विजयी भएका थिए।
सुवेदीले १३ हजार ३७९ मत प्राप्त गर्दा पौडेलले ७ हजार २५९ मत प्राप्त गरेका थिए। सुवेदीले पौडेलले भन्दा ६ हजार १२० मत लिएका थिए। सत्तागठबन्धन एकै ठाउँमा रहँदा नेकपा एमाले एक्लै लडेको थियो।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया