

प्यूठानमा थापासँग मतान्तर कम गर्दै पौडेल



प्यूठान । प्यूठानमा मंगलबार बिहानबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशशभा तर्फको मतगणनाको परिणाम आउने क्रम सुरु भएको छ । अपराह्न ४ बजेसम्मको विवरण अनुसार नौबहिनी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
११ हजार ६ सय ८ मत खसेकोमा नेकपा एमालेका सूर्य थापाले ५ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनतर्फ राजमोकी उम्मेदवार दुर्गा पौडेलले ४ हजार ३ सय ३७ मत प्राप्त गरेकी छन् । थापा र पौडेलबीच हाल १ हजार ५ सय ३६ मतान्तर रहेको छ ।
दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रदेश १ मा एमालेका तुल्सीराम शर्माले अग्रता कायम गरेका छन् । शर्माले २ हजार २ सय २८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारीले १ हजार ९ सय ६९ मत प्राप्त गरे ।
एमालेका शर्मा र माओवादीका अधिकारीका बीच २ सय ५९ मतान्तर छ । प्रदेश निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका सरोज थापालाई पछि पार्दै एमालेका हरि प्रसाद रिजालले अग्रता कायम गरेका छन् । एमालेका रिजालले १ हजार ९ सय ८६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका थापाले १ हजार ७ सय ६५ मत प्राप्त गरे ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया