

कारगार केन्द्र कपिलवस्तुमा शत प्रतिशत मतदान





नारद कोहार / कपिलवस्तु कपिलवस्तु जिल्लाको कपिलवस्तु कारागारका कैदी बन्दीले मतदान गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत भइरहेको निर्वाचनमा कारागारका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन्।
कारागारमा रहेका ५७ जना कैदीबन्दी मध्ये ५६ र तीन जना नेपाली सेना गरेर ५९ जनाले मतदान गरेका कपिलवस्तु कारागारका जेलर मनोज सैनीले बताउनुभयो। त्यस्तै ५७ जना मध्ये एक जना रिहा भइसकेको जेलरको भनाइ छ।
विभिन्न अभियोगमा कारागारमा रहे पनि मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले पहिलो पटक मतदान गर्न पाउने व्यवस्था गरिएको थियो। कैदीबन्दीलाई अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने व्यवस्था गरिएको उहाँको भनाइ छ। कपिलवस्तु कारागारमा चार सय ६९ जना कैदीबन्दी रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार जिल्लाभर बाट ६५ प्रतिशत मतदाताले मतदान गरेको बताएका छन् ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया