

गुल्मीको अर्बेनीमा मतदान स्थगित, पुनः मतदान गरिने

गुल्मी
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी– १ को एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।
मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत न्यायाधीश पौडेलले बताए । उक्त मतदान केन्द्रमा कहिले मतदान गर्ने भन्ने बारेमा छलफल भइरहेको पौडेलले बताए ।
निर्वाचन गर्ने विषयमा निर्वाचन आयोगको निर्देशन अनुसार अगाडि बढिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए ।
यो केन्द्रबाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमति पश्चात मतदान पुनः सुरु भएको थियो ।
जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।
निर्वाचनको लागि २ हजार ५ सय बढी सुरक्षाकर्मी र २ हजार बढी कर्मचारी परिचालन गरिएको छ । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया