मतदान केन्द्र सुनसान

अहिलेको निर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । मतदान केन्द्रहरूमा अहिलेसम्म मतदाताको उपस्थिति निकै पातलो देखिएको छ । कामको चाप र मेलापातको समय भएका कारण पनि धेरै मतदाता भोट हाल्न गएका छैनन् ।
केही भने जिल्ला बाहिर भएका कारण मतदान गर्न गृह जिल्ला नगएका हुन् । अहिलेको चुनावमा निकै कम मात्र मत खस्ने अनुमान छ ।
हालसम्म गण्डकीमा २५ देखि ३० प्रतिशत मात्र मत खसेको छ । सबैभन्दा धेरै मनाङमा ७० प्रतिशत हाराहारी मत खसेको छ भने अन्य जिल्लामा २० प्रतिशत हाराहारी मात्र मत खसेको बताइएको छ ।

प्रतिक्रिया

खबर सबै